News Portal

मेचीनगरमा पोष्ट हार्भेष्टकाे सार्वजनिक सुनुवाई कार्यक्रम

रातोपोस्ट संवाददाता
४११ पटक

झापा, १५ असार । झापाकाे मेचीनगर–५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्रले नयाँ ब्लक विकास कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रले कार्यक्रम र सार्वजनिक सुनुवाईसँगै ३५ लाख ८५ हजारको आयव्यय प्रस्तुत गरेको थियो । सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्रका सदस्य सचिव दीपक काफ्लेले विभिन्न शिर्षकमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तरगत पोष्ट हार्भेष्टलाई भ्यान खरिदको लागि कृषि ज्ञान केन्द्रबाट २५ लाख रुपैैयाँ अनुदान प्राप्त भएको थियो ।

सार्वजनिक सुनुवार्ई कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि आचार्यले मेचीनगरपालिकाले कृषिमा ठूलो रकम विनियोजन गर्दै आएपनि त्यो पर्याप्त हुन नसकेकोले आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले प्रमुख अतिथि आचार्यलाई भ्यानको चावी हस्तान्तरण गरेका थिए । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि आचार्यले र विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्रका संयोजक दुर्गाप्रसाद सापकोटालाई चावी हस्तान्तरण गरेका थिए ।

चावी हस्तान्तरणपछि ज्ञान केन्द्रका प्रमुख सिंहले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ठूलो रकम कृषि क्षेत्रमा खर्चिरहेको बताउँदै व्यवसायिक कृषि उत्पादनमा लाग्न जोड दिए । उनले ज्ञान केन्द्रले उपलव्ध गराएको भ्यानको सहि सदुपयोग गर्न समेत आग्ह गरे । सो अवसरमा विषेश अतिथि उपप्रमुख उप्रेती, मेचीनगर–५ का वडाध्क्ष योगेन्द्र थापा मगर, वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल लगायतले पोष्ट हार्भेष्टले बिउँबिजनको क्षेत्रमा विश्वश्नीय सेवा प्रदान गर्दैै आएको बताए ।

कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले पोष्ट हार्भेष्टले विउँविजनको क्षेत्रमा देशमै छुट्टै ब्राण्ड स्थापना गर्न सफल भएको बताए । उनले हरेक वर्ष ५ सय मेट्रिकटन धानको विउँ प्रदेश १ र २ मा बिक्री भइरहेको जानकारी दिए । केन्द्रका सहसंयोजक सूर्य अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्