News Portal

झापाको केरखाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
३६६ पटक

झापा, १६ असार । झापाको केरखाबाट लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज कमल गाउँपालिका- ३ स्थित केरखाबाट ईलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाकाे संयुक्त खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मेचीनगर- १० सरेडागींका २६ वर्षीय सुरज लामिछाने र मेचिनगर १५ का २० वर्षीय सुवास मेचेको साथबाट लागूऔषध खैरो ब्राउनसुगर ८८ ग्राम फेला परेको थियो ।

पक्राउ परेका २ जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

प्रतिकृया दिनुहोस्