News Portal

झापामा बुधबार १७७ जना संक्रमित, १७७ डिस्चार्ज र ५ को मृत्यु

रातोपोस्ट संवाददाता
३८१ पटक

झापा , १६ असार । झापामा बुधबार  कोरोनाबाट  १७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १७७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै, आज ५ जना काेराेना संक्रमितकाे मृत्यु  भएकाे छ । जसमा इलामको माई–३ का ३२ वर्षीय पुरुष, मेचीनगर–९ की ३२ वर्षीया महिला, इलामको माई–२ का ६९ वर्षीय पुरुष, अर्जुनधारा–१० का ६६ वर्षीय पुरुष र बिर्तामोड–३ का ७३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १३९२८, डिस्चार्ज १२०६४, आइसोलेसनमा १५३७ जना, कुल संक्रमित एन्टिजेन २१९६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५४ रहेकाे छ ।  आज निको भएर १७७ जना  घर फर्किएकाे  उनले जानकारी दिए ।

 

 

No photo description available.

प्रतिकृया दिनुहोस्