News Portal

नेपालमा २७६० संक्रमित थपिए, ४०१७ संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
५१५ पटक

काठमाडौं, १७ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी गरिएको १० हजार ९८५ नमूना परीक्षणमा २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर ४ हजार १४ जना संक्रमणमुक्त भएका छन् । यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार १४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्