News Portal

सहिद बिजयराज बास्तोलाकाे १८ औं स्मृति सभा सम्पन्न

रातोपोस्ट संवाददाता
५०२ पटक

पाेखरा, १७ असार । नेकपा कास्कीले जनयुद्दका सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा सम्पन्न गरेको छ ।

नेकपा कास्कीकाे आयोजनमा सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा उनकै घरमा सम्पन्न गरेको हाे ।

जनयुद्दमा तत्कालिन शाही नेपाली सेनाद्वारा अन्य साथीहरुसहित गिरफ्तार पछि क.अजितलाई २०६१ साल असार १६ गते निर्मम हत्या गरेको थियो । बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै नेकपा कास्कीले उनको घरमा पुगी स्मृति सभा सम्पन्न गरेको हो । सहिद बिजयराज बास्तोला बुवा कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्द गाबिस १, टाकान्जा कास्कीमा जन्म भएको थियाे ।

उनकाे श्रीमती खिमादेबी बास्तोला, भाइ उदयराज बास्तोला, दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरु पबित्रा र अस्मिता बास्तोला रहेका छन । पार्टीको योजनामा उनी पश्चिम रोल्पा, रुकुमसम्मकाे अभियानमा सहभागी भएका थिए । उनी जनयुद्दकाे समयमा नेकपा (माओवादी ) ईलाका पार्टी सदस्यमा रहेर काम गरेका थिए ।

प्रतिकृया दिनुहोस्