News Portal

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा विरामीको मृत्यु

रातोपोस्ट संवाददाता
६३९ पटक

पाेखरा, १७ असार । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु गाडीमै ज्यान गएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका छन् ।
‘खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘चालकले भागेर ज्यान जोगाए । विरामीको घटनास्थलमै ज्यान गयो ।’ घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको जनाइएको छ । एम्बुलेन्स रोकेर बिग्रेको बाटो हेर्दै गर्दा एम्बुलेन्स बगाएको थियो ।

मादी –९, मुग्रीबेसीबाट ८६ वर्षीया बिरामी लिएर पोखरा आउने क्रममा सो दुर्घटना भएको हो । एम्बुलेन्समा सवार वृद्धामा कोरोनाको लक्षण देखिएको थियो । गाउँकै स्वास्थ्य चौकीमा जचाउँदा उनीसहित घरका ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि बल्लतल्ल एम्बुलेन्स व्यवस्था गरिएको थियो । रुँदीखोला हाइड्रोले लमजुङको क्लोंलासोथरबाट एम्बुलेन्स मगाई दिएको थियो । निमोनियाले ग्रस्त बिरामीको एम्बुलेन्स फसेपछि बाटैमा मृत्यु भएको हो । गए रातिदेखि परेको पानीले सो क्षेत्रको धेरैजसो बाटो बिगारेको छ ।

प्रतिकृया दिनुहोस्