News Portal

नेविसंघका सभापति सुवेदी एमाले प्रवेश

रातोपोस्ट संवाददाता
४३२ पटक

झापा, १७ असार । नेपाल विधार्थी संघका हल्दिबारी गाउँपालिका कमिटीका सभापति मनोज सुवेदीसहित राप्रपा निकट युवा रुद्रकुमार कार्की (अजय ) एमाले मा प्रवेश गरेका छन् । सुवेदीले नेबि संघको सभापति पद र नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा आवद्ध भएको सामाजिक संजाल मार्फत जानकारी गराउदै आफ्नो व्यक्तिगत कारणबाट कुनै संस्था वा ब्यक्तिलाई असर पर्ने गए क्षमाप्रार्थी छु भन्दै नेकपा एमाले प्रवेश गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन ।

नेकपा एमालेका जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्वर गिरी, अनेरास्ववियु केन्द्र सदस्य बलराम गिरी, राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी अध्यक्ष शैलेन्द्र सिटौला, अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी अध्यक्ष बिजय राई, सचिव अबिषेक खतिवडा, अखिल र युवा संघका पदाधिकारीलगायतले सभापति मनोज सुवेदी र राप्रपाका युवा नेता रुद्रकुमार कार्की (अजय) लगायतका युवा विधार्थी नेताहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।

नव प्रवेशीहरुलाई एमालेमा स्वागत गर्दै नेता गिरी आगामी राजनीतिक, सामाजिक यात्रा अझ उचाइमा पुगोस् भन्ने शुभकामना ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्