News Portal

फुटबल टिमका २० जनामा कोरोना देखिएपछि बन्द प्रशिक्षण स्थगित

रातोपोस्ट संवाददाता
३४९ पटक

काठमाडाैं, १७ असार । नेपाली राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जना कोरोना संक्रमित भएपछि बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनामा कोरोना देखिएको हो ।

कोरोना देखिएका खेलाडी र अफिसियल अहिले होम आइसोलेसनमा रहेको प्रवक्ता राईले जानकारी दिए । यसअघि पनि खेलाडीमा कोरोना देखिएका कारण फुटबल टोलीको बन्द प्रशिक्षण एक साताका लागि धकेलिएको थियो । आज बिहीबारबाट सुरु हुने तय भएको बन्द प्रशिक्षण अब जुलाई ७ बाट सुरु हुने एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्