News Portal

चार जना सहसचिव सचिवमा बढुवा

रातोपोस्ट संवाददाता
१००७ पटक

काठमाडौं, १८ असार । मन्त्रिपरिषद् बैठकले चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरू डा. दामोदर रेग्मी,  गणेशप्रसाद पाण्डे,  प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिव पदमा बढुवा गरेको हो ।

डा. दामोदर रेग्मी वरिष्ठताका आधारमा सचिव पदमा बढुवा भएका हुन् । अन्य तीन पदमा ९ जनाको सिफारिस भएको थियो । गणेशप्रसाद पाण्डे प्रशासतर्फ, डा. कृष्णप्रसाद आचार्य कृषि तथा वन सेवा र प्रमिला बज्राचार्य इन्जिनियरिङ सेवाबाट सचिव पदमा बढुवा भएका हुन् ।

प्रशासनतर्फ थप ६ सचिवको पद अझै रिक्त रहेको छ । लोक सेवा आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा कर्मचारीहरुको बढुवा प्रक्रिया प्रभावित बनेको थियो । अघिल्लो साता आयोगमा पदाधिकारी नियुक्त भएसँगै बढुवा प्रक्रिया सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्