News Portal

युरोकप फुटबलमा आजदेखि क्‍वाटरफाइनलका खेल सुरु

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौं, १८ असार । युरोपका विभिन्‍न सहरहरुमा आयोजना भइरहेको १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत क्‍वाटरफाइनलका खेलहरु आजदेखि हुँदै छन् । चार क्‍वाटरफाइनलमध्येका दुई खेल आज राति हुँदै छन् । पहिलो खेलमा स्वीट्जरल्यान्डले स्पेनको सामना गर्दा दोस्रो खेलमा बेल्जियम र इटाली भिड्दै छन् ।

रुसको सेन्ट पिटर्सबर्ग रङ्गशालामा हुने स्वीट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।
स्वीट्जरल्यान्डले अन्तिम १६ मा उपाधि दाबेदार फ्रान्सलाई हराएर क्‍वाटरफाइनलमा पुगेको थियो भने स्पेनले क्रोएसियालाई हराएको थियो ।

त्यसैगरी जर्मनीको म्युनिख एरेनामा हुने बेल्जियम र इटालीबीचको खेल राति पौने १ बजेदेखि सुरु हुनेछ । बेल्जियमले पोर्चुगललाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो भने इटालीले अस्ट्रियालाई पाखा लगाएको थियो ।

प्रतिकृया दिनुहोस्