News Portal

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा खनाल-नेपाल समूह नजाने

रातोपोस्ट संवाददाता
३१९ पटक

काठमाडौँ, १८ असार । एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको छ । यसलाई एमालेको संस्थापन पक्षले एकताको केन्द्रीय समिति बैठक भनेको छ । तर माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भने यो बैठकलाई अवैध भनेको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाल र खनाल समूह नजाने बिहीबारको स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।

‘ओलीले बोलाएको बैठक अवैध हो’ नेपाल समूहकी केन्द्रीय दिलु पन्तले इकागजसँग भनिन् । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्