News Portal

गोर्खा फाउण्डेसनले दियो मेचीनगरलाई स्वास्थ्य सामग्री

रातोपोस्ट संवाददाता
२८१ पटक

झापा, १८ असार । गोर्खा मेमोरियल फाउण्डेसन युकेले झापाकाे मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार गोर्खा मेमोरियल फाउण्डेसन यूकेले ६ लाख ४ हजार रुपैयाँ बराबरको ३० वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगर प्रमुख विमल आचार्यलाई सो रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख आचायले गोर्खा मेमोरियल फाउण्डेसन यूकेका अध्यक्ष धनकिरण गुरुङ, नेपाल शाखाका सम्पूर्ण टिमलाई सहयोगका लागि धन्यवाद दिएका थिए । फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष गुरूङले कोभिडको समयमा मेचीनगरबासीका लागि यो सेनो सहयोग गर्न पाउदा खुशी लागेको बताए । यस्ता प्रकारका सहयोगहरु आगामी दिनमा पनि रहेने उनले बताए ।

फाउन्डेसनले यस अघि पनि मेचीनगरको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गरिरहेको छ । कार्यक्रमको सञ्चालन फाउन्डेसन नेपाल शाखाका सदस्य सन्तोष आचार्यले गरेको थिए । मेचीनगर नगरपालिकामा यसअघि विभिन्न दातृ निकायले दिएको र नगर आफैंले खरिद गरेको असिक्जन सिलिण्डरको संख्या ९० भन्दाबढी पुगेको छ । नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकता अनुसार प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने नगरपालिकाले जनाएको छ । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विमल आचार्य,  मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा,  फाउण्डेसनका अध्यक्ष नगेन्द्र गुरुङ, फाउण्डेसनका उपाध्यक्ष गंगालाल गुरुङ, महासचिव जगत गुरुङ,  सन्तोष आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्