News Portal

लागूऔषधसहित एक जना पक्राउ

रातोपोस्ट संवाददाता
४४१ पटक

काठमाडौं, १८ असार । प्रहरीले अवैध लागू औषधसहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ रामपुरबाट सोही नगरपालिका–६ भर्तापुर बस्ने २५ वर्षीय दिलिप राईलाई लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १६ ट्याब्लेट स्पास्प्रोक्स सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।प्रहरीले अनुसन्धानको गर्दा उक्त लागूऔषध टीकापुर नगरपालिका–६ बस्ने लौटन चौधरीको पसलबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात पसल तलासी गर्दा उक्त पसलमा चाउचाउको पेटीभित्र लुकाई राखेको अवस्थामा थप ६ सय ट्याब्लेट नाईट्राभेट र ९६ ट्याब्लेट स्पास्प्रोक्स पनि प्रहरीले फेला पारी बरामद गरेको छ ।

लौटन चौधरी हाल फरार रहेकाले अहिले प्रहरीले लौटन चौधरीकी श्रीमतीलाई नियन्त्रणमा लिएर उनको खोजी गरिरहेको जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्