News Portal

विप्लव नेकपाद्वारा भ्रष्टाचारविरुद्ध देशभर जागरण अभियानकाे घोषणा

रातोपोस्ट संवाददाता
१०९८ पटक

चितवन, १८ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुत्रबार नारायणगढमा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय ‘देशभर बढिरहेको’ बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि संघीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको बताए । उनले सुरुवाती चरणमा यसविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने संघर्षका कार्यक्रमलाई अगाडि बढाइने बताए ।

कोभिडका कारण जागरण अभियानको मिति नतोकिएपनि चार महिनासम्म गरिने उनको भनाइ छ । सरकारसँग भएको तीन बुँदे सम्झौताका विषयमा बोल्दै उनले सरकारले सम्झौता कार्यान्वयनमा ढिलाइ गरिरहेको बताए । उनले आफूहरूका १३५ जना नेता कार्यकर्तालाई तुरुन्त रिहा गरिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्