News Portal

सेमिफाइनलमा इटाली र स्पेनबिच प्रतिस्पर्धा हुने

रातोपोस्ट संवाददाता
६५६ पटक

एजेन्सी, १९ असार । युरोकप २०२० को एउटा सेमिफाइनल अब इटाली र स्पेनबीच हुने भएको छ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा पुगेको स्पेनले बेल्जियमलाई हराउँदै आएको इटालीसँग अब केही दिनमा प्रतिस्पर्धा गर्ने भएको हो । शनिबार विहान भएको फन्ट्यास्टिक फुटबलमा इटालीले निकै राम्रो प्रदर्शन गरेको थियो ।

दुई गोलका कारण जित निकाल्दै इटालीले यसपटक आफ्नो अविजित यात्रालाई १३ औं खेलमा पुर्याएको छ । यो खेलसँगै इटाली अब लगातार ३२ खेलमा कि जित कि बराबरीमा चित्त बुझाउने देश भएको छ । युरोकप २०२० मा पनि उसको यात्रा अहिलेसम्म सबैभन्दा सुन्दर मानिएको छ । नमानियोस् पनि किन आजको खेलमा इटालीले विश्व फुटबलमा नम्बर एकमा रहेको बेल्जियमलाई सुन्दर खेलमार्फत् पराजित गरेको छ ।

इटालीका लागि आजको खेलमा निकोलो बरेला र लोरेन्जोले बललाई जाली चुमाएका हुन् । यी दुवै गोल पहिलो हाफमा भएका थिए । पहिलो हाफमा नै डोकुविरुद्ध फल भएपछि रोमेलु लुकाकुले पेनाल्टी मार्फत् बेल्जियमका लागि गोल गरेका थिए । दोस्रो हाफमा यी दुवै टिमले बारम्बार गोल गर्ने मौकाहरु नपाएका होइनन् । तर, दुवै टिम थप गोल गर्न सफल भएनन् ।

प्रतिकृया दिनुहोस्