News Portal

काँग्रेसको मेचीनगर सभापतिमा पनेरुकाे उम्मेद्वारी घोषणा

रातोपोस्ट संवाददाता
९७९ पटक

झापा, १९ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । झापाका युवा नेता सुवेशकुमार पनेरुले नेपाली कांग्रेसको मेचीनगर सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । काँग्रेसका जिल्ला सदस्य पनेरुले राताे पाेष्टसंग कुरा गर्दै मेचीनगरमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

सभापतिका उम्मेद्वारी पनेरुले भने, मेराे कामकाे मुल्यांकन गरेर कार्यकर्ताले मलाई नगरकाे सभापतिमा जिताउने छ भन्ने विश्वास लिएकाे बताए । पनेरु भन्छन, नगरमा पार्टीलाई बलियो बनाउनकाे लागि साथै जनताकाे सेवक भएर काम गर्नेकाे लागि मेराे उम्मेद्वारी रहेकाे उनले बताए । मेचीनगर–१० का पनेरु पार्टी जिल्ला सदस्य, नगरकाे २ कार्यकाल क्षेत्रीय सदस्य, पाटन क्याम्पसका उप सभापति, २०४८ सालदेखि काँग्रेसको सकृय सदस्य रहेका उनी हाल मेचीनगर- १० का निर्वाचित वडा अध्यक्ष समेत रहेका छन ।

काँग्रेसको महाधिवेशनको तालिका अनुसार वडा अधिवेशन साउन १२ गते, गाउँ नगर अधिवेशन साउन १६ गते, प्रदेश क्षेत्रिय अधिवेशन साउन २० गते, संघिय प्रदेश अधिवेशन साउन २३ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रिय अधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको छ । देशकै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाको काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा सबैकाे चासाे बढेकाे छ ।

प्रतिकृया दिनुहोस्