News Portal

रोट्रयाक क्लव अफ काँकरभिट्टाको अध्यक्षमा बस्नेत चयन

रातोपोस्ट संवाददाता
९१८ पटक

काँकरभिट्टा, १९ असार । रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको अध्यक्षमा पुस्कर बस्नेत चयन चएका छन् । अध्यक्षमा चयन भएसँगै जुलाई १ बाट सुरु भएको क्लबको सन् २०२१–२०२२ कार्यकालका लागि बस्नेतले पदभार ग्रहण गरेका छन् ।

क्लबका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सपना श्रेष्ठ, सचिव सुमन धिमाल, कोषाध्यक्ष विशाल चम्लगाईं रहेका छन् । त्यसैगरी क्लबको सर्भिस डाइरेक्टरमा बाशुदेव गौतम, कम्यूनिटी सर्भिसि डाइरेक्टरमा नवीन गौतम, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा रीजु कार्की तथा प्रोफेशनल सर्भिस डाइरेक्टरमा रोजिना पोख्रेल रहेका छन् ।

रोट्रयाक्ट क्लब, रोटरी क्लबको पार्टनर इन सर्भिसको रुपमा रहेको अन्तराष्ट्रिय संस्था अन्तर्गत पर्दछ । युवाहरुको साझा संस्थाको रुपमा विभिन्न मूलुकहरुमा छरिएर रहेको क्लबले विभिन्न मानवीय तथा सामाजिक कार्य गर्दै आइ रहेको छ ।

प्रतिकृया दिनुहोस्