News Portal

अभिनेता आमिर खान र पत्नी किरणले गरे अलग हुने घोषणा

रातोपोस्ट
५११ पटक

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले सँग अलग हुने निर्णय गरेका छन् । भारतीय मिडियामा आएका खबर अनुसार आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेका हुन् ।

२८ डिसेम्बर २००५ मा उनीहरुको बिहे भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरुले भनेका छन् । आफूहरुले सहमतिमै एक–अर्काबाट अलग भएर बस्ने निर्णय गरेको बताएका छन् । जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको जानकारी दिएका छन्।

अलग भएपनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा गरेका छन् । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् । उनीहरुले यो निर्णय लिन परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्