News Portal

झापामा शनिबार ७५ जनाकाे डिस्चार्ज

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, १९ असार । झापामा शनिबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १३ महिलासहित ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसै गरि आज ७५ जना निको भएर घर फर्किएका छन । त्यस्तै, आज २ जनाकाे मृत्यु भएकाे छ । जसमा मेचीनगर–१३ का ६८ वर्षीय पुरुष र हल्दिबारी–१ की ८६ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १४१३८, डिस्चार्ज १२३९७, आइसोलेसनमा १४११ जना, कुल संक्रमित एन्टिजेन २३३३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५७ जना रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्