News Portal

युवा संघद्वारा मजदुरको नि:शुल्क जाँच

रातोपोस्ट संवाददाता
४२२ पटक

झापा, असार १९ । झापामा राष्ट्रिय युवा संघ मेचीनगर ८ वडा कमिटीले टोकला बगानमा कार्यरत मजदुरलाई लक्षित गरी एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार घोडाजिनमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा टोकला बगानका १२५ जना मजदुरलाई स्वास्थ्य जाँच गरी नि:शुल्क औषधि समेत वितरण गरिएको राष्ट्रिय युवा संघ मेचीनगर ८ का अध्यक्ष दिपेश पाठकले जानकारी दिए ।

विर्तामोड स्थित बिर्ता सिटी अस्पतालका डाक्टर सुदिप भट्टराईको नेतृत्वमा ९ जना स्वास्थ्यकर्मीको टोलीले चिया मजदुरहरूलाई स्वास्थ्य परिक्षण गरेका हुन् । ७० जना महिला र ५५ जना पुरूषको स्वास्थ्य परिक्षण गर्दा अधिकांशमा ब्लड प्रेसरको समस्या तथा केहीमा आँखा, दम र लिभरको समस्या देखिएको आयोजक नवकिरण टोल विकास संस्था दिलिप उराँउले बताए ।

नवज्योति किल्निक बिर्तामोड ३ को पाविधिक सहयोग रहेको शिविरमा पानी परेर स्वास्थ्य जाँच गर्न आउन नसकेका अति विपन्न र अशक्त ५ परिवारलाई घरमा नै पुगेर स्वास्थ्य जाँच गरी आवश्यक औषधि समेत वितरण गरेको आयोजकले जनाएको छ । साथै सोही अवसरमा मेचीनगर ८ का वडासदस्य गंगा पाठकले दुई जना अति विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन्।

प्रतिकृया दिनुहोस्