News Portal

वाइसिएल गौरादहकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
४६३ पटक

झापा, १९ असार । नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल गौरादह नगर समितिले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ महामारीको समयमा रक्त संचार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको हो । शनिवार गौरादह नगरपालिका १ को गौरादह बजार परिसरमा सम्पन्न सो खुल्ला रक्तदान कार्यक्रममा मौसम प्रतिकुलताको बीच पनि ३५ पिन्ट रगत संकलन भएको आयोजक समितिका अध्यक्ष धर्म चौहानले बताए ।

नेकपा माओवदी केन्द्र गौरादहको व्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका र प्रदेश  सदस्यहरु बोधराज दाहाल ‘असिम’,  गगन पुरी, , जिल्ला सचिवालय सदस्यहरु खड्ग तिम्सिना ‘पवन’, पुष्पलाल ढकाल,  हुकुम नेपाली,   जिल्ला सदस्यहरु डण्डिराज घिमिरे, कुमार खतिवडा,   नगर सचिव माधव भट्टराई, वाइसिएल बुद्धशान्ति गाउँपालिका अध्यक्ष सरोज घिमिरे लगाएतको उपस्थिति रहेको वाइसिएल नगर उपाध्यक्ष सुनिल खड्काले बताए ।

कार्यक्रममा संक्षिप्त संवोधन गर्दै वाइसियल झापा जिल्ला अध्यक्ष दधिराम रिमालले देशमा हरेक संकटको समयमा वाइसिएल जहिल्यै पनि जनताको साथमा हाजिर हुने बताए । कोभिडको कारण रगतको अभाव हुनसक्ने अवस्थाको मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई रिमालले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्