News Portal

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
३७८ पटक

काठमाडौँ,  २० असार । डेनमार्क युरोकपको सेमिफाइनलमा पुगेको छ । डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

डेनमार्क सन १९९२ पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ । डेनमार्कको जितमा थोमस डेलानी र कास्पर दोलबेर्गले एक एक गोल गरेका थिए भने चेक रिपब्लिकका लागि पाट्रीक शिकले एक गोल गरेका थिए । अब डेनमार्कले सेमिफाइनलमा इङल्याण्डसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्