News Portal

प्रदेश नं १ प्रदेशसभा बैठक आज पनि स्थगित

रातोपोस्ट संवाददाता
३९४ पटक

विराटनगर, २० असार । प्रदेश १ को आठौँ तथा बजेट अधिवेशनको १६औँ बैठक आइतबार पनि स्थगित भएको छ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन्। प्रदेश सभाको अर्को बैठक सोमबार सोमबार दिउँसो २ बजे बस्ने छ।

आइतबारको बैठकमा प्रदेश सभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो।

प्रतिकृया दिनुहोस्