News Portal

खतिवडा मेक्सिकोका लागि पनि गैरआवासीय राजदूत

रातोपोस्ट संवाददाता
३५७ पटक

काठमाडाैं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मेक्सिकोका लागि गैरआवासीय राजदूतमा डा.युवराज खतिवडालाई नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै डा.खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । डा. खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत समेत हुन् ।

प्रतिकृया दिनुहोस्