झापा, २० असार । रातो पोष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादकमा दिलिप थापा नियुक्ति भएका छन् । रातो पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित रातो पोष्ट साप्ताहिक एवम् डिजिटल पत्रिका रातो पोष्ट डटकमको प्रधान सम्पादकमा थापा नियुक्ति भएका हुन् ।
आईतवार रातो पोष्ट मिडिया प्रालिको कार्यालयमा सञ्चालक समितिकाे बैठकले पत्रकार थापालाई प्रधान सम्पादकम तथा अर्का पत्रकार प्रविन अधिकारीलाई कार्यकारी सम्पादकमा नियुक्ति गरेको छ । प्रधान सम्पादक थापा यस अघि सम्पादकको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
त्यसैगरी नेपालको न्याय, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका अनेक विकृतिमाथि कलम चलाइरहेका पत्रकार अधिकारीलाई कार्यकारी सम्पादकमा नियुक्ति गरेको अध्यक्ष गणेशबहादुर मगरले बताए । काँकरभिट्टामा प्रधान कार्यालय रही बिगत दुई बर्षदेखी अनवरत अनलाइन र साप्ताहिक पत्रीकाको माध्यमबाट जनतालाई सुचुचित गर्दै आएको छ ।
रातो पोष्ट मिडिया प्रालिका अध्यक्ष गणेशबहादुर मगरले नवनियुक्त प्रधान सम्पादक थापा र कार्यकारी सम्पादक अधिकारीलाई आईतवार बधाइ तथा स्वागत गर्दै पत्रिकालाई नयाँ उचाईमा पुर्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।