News Portal

झापामा आइतबार १३२ संक्रमित थपिए, ६९ जना निकाे

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, २० असार । झापामा आइतबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३३ महिलासहित १३२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै, आज २ जनाकाे मृत्यु भएकाे हाे । जसमा बिर्तामोड–३ का ७२ वर्षीय पुरुष र इलाम सुर्योदय–९ का ६० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १४२२०, डिस्चार्ज १२४६३, आइसोलेसनमा १४२६ जना, कुल संक्रमित एन्टिजेन २३८२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५९ जना र आज निको भएर घर फर्किएका ६९ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्