News Portal

अपहरणमा परेको भनिएकी युवतीको शव जंगलमा भेटियो

रातोपोस्ट संवाददाता
३१९ पटक

चितवन, २१ असार ।चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव भेटिएको छ। राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा शव भेटिएको प्रहरीले जनाएको छ। भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्।

जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ। भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन्। उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन्।

घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो। प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो। उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन।

प्रतिकृया दिनुहोस्