News Portal

झापामा निषेधाज्ञा असार ३१ गतेसम्म थप : सार्वजनिक यातायात खुल्यो

रातोपोस्ट संवाददाता
५३४ पटक

झापा, २१ असार । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय गरेको छ । सवारीसाधनको हकमा सार्वजनिक तथा निजी सवारीसाधन खुलाउने निर्णय गरेको छ ।

सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

। त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

प्रतिकृया दिनुहोस्