News Portal

माओवादीको विरोधले प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

रातोपोस्ट संवाददाता
४६० पटक

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रको अवरोधले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध भएको छ । यसअघि पनि बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । सोमबारको बैठक शुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गरे ।

तर, सांसदहरुले उठेर बिरोध जनाएपछि उपसभामुख पोखरेलले मंगलबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै माफी माग्नुपर्ने माओवादीको माग छ।

यही विषयमा लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारु गराउनेतर्फ सरकारले ध्यान नदिएको माओवादीको आरोप छ । प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिकृया दिनुहोस्