News Portal

सभापति देउवाद्वारा कुँवरको निधनप्रति दु:ख व्यक्त

रातोपोस्ट संवाददाता
४९४ पटक

काठमाडौं, २१ असार ।  ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार रामजी कुँवरको सोमबार निधन भएको छ । कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा आज निधन भएको हो । कोरोना निको भएपनि उनको स्वास्थ्यमा सुधार आएको थिएन । उनको उपचारकै क्रममा ६८ वर्षको उमेरमा निधन भएको हो ।

कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए । यस्तै कुँवरको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कुँवरप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन् – ‘नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एंव नेपालको ट्रेड युनियन आन्दोलनका अग्रणी नेता रामजी कुँवरको निधनको खबरले मलाई अत्यन्तै दुखी बनाएको छ।दुखको यस घडीमा स्वर्गीय कुँवर प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

 

 

 

प्रतिकृया दिनुहोस्