News Portal

घट्टेकुलो बम विष्फोट प्रकरणमा पक्राउ परेका केसी २५ महिनापछि रिहा

रातोपोस्ट संवाददाता
७७१ पटक

काठमाडाैं, २१ असार । काठमाडौंको घट्टेकुलोबाट दुई वर्षअघि बम विष्फोट गराएको आरोपमा जेल परेका रविन केसी रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र कलेज इकाई कमिटीका पूर्व अध्यक्ष समेत रहेका केसी २५ महिनापछि रिहा भएका हुन् । सोमबार अखिल क्रान्तिकारी केन्द्रीय समितिले राजधानीको आर आर क्याम्पसमा केसीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको छ ।

२०७६ जेठ १२ गते भएको घट्टेकुलो विष्फोटमा नेकपाकै कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको थियो भने केसी घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस्