News Portal

  • पत्रकारलाई स्पष्टीकरणकाे पत्र काट्ने प्रधानाध्यापकप्रति प्रेस संगठनद्वारा भर्त्सना

    रातोपोस्ट संवाददाता
    १२५ पटक

    झापा, २१ असार । समाचारको बिषयलाई लिएर बिद्यालयका प्रधानाध्यापकले पत्रकारलाई स्पष्टीकरणका लागि हाजिर हुन भनि पत्र काटेको बिषयप्रति प्रेस संगठन झापाको गम्भीर ध्यानाकर्षण भएको छ । संगठनका सह संयोजक समेत रहेका पत्रकार पार्थ मण्डललाई समाचारको बिषयलाई लिएर कचनकवल गाउँपालिका ६ बनियानीस्थित लक्ष्मी माविका प्रधानाध्यापक राजु बुढथोकीले पत्र काटेकोपछि संगठनले सोमबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो ।

    मण्डलले आफु कार्यरत सञ्चारमाध्यम थाहा खबरमा बिद्यालयले दर्ता नै नभएको फर्मलाई सार्वजनिक खरिद ऐन बिपरित टेण्डर स्वीकृत गरेको बिषयमा शनिबार समाचार लेखेका थिए । बिद्यालयले दर्ता नै नभएको फर्मलाई टेण्डर स्वीकृत गरेपछि अन्य बोलपत्र पेस गर्ने फर्मले त्यसको बिरोध जनाएपछि मण्डलले सो सम्बन्धी समाचार लेखेका हुन ।

    उक्त समाचार सञ्चारमाध्यममा आए पछि बुढाथोकीले बिद्यालयको लेटरप्याडमा भोलि बिद्यालयमा आएर सम्पर्क गर्नु भन्दा भन्दै वास्तविक नबुझी समाचार प्रकाशन गरेकोमा सो सम्बन्धि लिखित स्पष्टीकरण पेश गर्न हुन भन्दै पत्र काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजेको थिए ।  संगठनले प्रअको यस्तो कार्य अहमताको पराकास्ठा भएको र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गर्दै घोर भर्त्सना गरेको छ । समाचारको बिषयमा चित्त नबुझे पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत सम्बन्धित ठाउँमा उजुरी गरि कानुनी उपचार खोज्न समेत आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्