News Portal

झापामा सोमबार २२९ संक्रमित थपिए, ७५ जना निकाे भए

रातोपोस्ट संवाददाता
३५८ पटक

झापा,  २१ असार । झापामा सोमबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित २२९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ६६ महिलासहित २२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज  २ जनाकाे मृत्यु भएकाे छ ।  जसमा बिर्तामोड–३ की ५७ वर्षीया महिला र अर्जुनधारा–६ की ६३ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १४३६७, डिस्चार्ज १२५३३, आइसोलेसनमा १५०१ जना, कुल संक्रमित एन्टिजेन २४६४ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३६१ जना र आज निको भएर घर फर्किएका ७५ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्