News Portal

आज प्रदेश १ मा भारी वर्षाको सम्भावना

रातोपोस्ट संवाददाता
३१० पटक

काठमाडौँ, २२ असार ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण मुलुकका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहेको जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। महाशाखाले आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १ का थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले, उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रतिकृया दिनुहोस्