News Portal

  • युरो कप : पहिलाे सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्दै

    रातोपोस्ट संवाददाता
    १३३ पटक

    एजेन्सी, २२ असार । युरो कप अन्तर्गत मंगलबार (आज) बाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने खेलमा पहिलो सेमिफाइनलमा उपाधि दाबेदार मानिएका दुई टोली स्पेन र इटाली प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

    एक अर्का विरुद्ध मैदान उत्रिँदा दुबै टोलीको लक्ष्य फाइनल हुनेछ । पछिल्लो समय निकै आकर्षक फुटबल खेलिरहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । स्पेन स्विट्जरल्यान्डको चुनौतीलाई पेनाल्टी सुट आउमा पन्छाउँदै तथा इटाली उपाधि दाबेदार मानिएको बेल्जियमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । युरोकपमा हालसम्म यी दुई टोलीले ६ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा स्पेन र इटालीले समान २-२ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ ।

    युरो कपमा यी दुईले सन् १९८० मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । यो खेल गोलरहित बराबरीमा सकिएको थियो । अघिल्लो संस्करणको युरो कपमा इटालीले २-० को जित दर्ता गरेको थियो । यो खेलको विजेताले उपाधिका लागि इङ्ल्यान्ड र डेनर्माकबीच बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिकृया दिनुहोस्