News Portal

ब्राजिल कोपा अमेरिका फूटबलको फाइनल प्रवेश

रातोपोस्ट संवाददाता
५०३ पटक

एजेन्सी, २२ असार । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो ।

ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गोल गरेका थिए ।

ब्राजिलले अब उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्