News Portal

  • विप्लव नेकपाका केन्द्रिय सदस्य आदर्शसहित १४ जना रिहा

    रातोपोस्ट संवाददाता
    १२७ पटक

    बाजुरा ,२२ असार । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा भएका छन् । बाजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना रिहा भएका हुन ।

    न्याय विभाग प्रमुख वली सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि जिल्ला अदालत बाजुराले कारागार पठाएको थियो ।

    २०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट उनीहरु पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । बरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । भण्डारीले भने, “२ जनाको भएन, १४ जना छुट्नुभयो ।”

    केहिदिन अगाडि मात्रै नेकपाले सरकारकाे ध्यानाकर्षण गराउँदै कारागारमा रहेका नेताकार्यकर्ताका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियोे भने साेहि दिन पत्रकार सम्मेलन गरेर सरकारलाई १० दिने अल्टिमेटम दिएको थियोे । सरकारले गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपासँग तीन वुँदे सम्झौता गरेर जेल हिरासतमा रहेका नेता कार्यकर्ता छाड्ने बताएपनि हालसम्म पनि सम्झौता अनुसार सरकार अगाडि नबढेपछि नेकपा सरकारसँग असन्तुष्ट रहेको थियोे ।

    प्रतिकृया दिनुहोस्