News Portal

सुनसरीमा १५० किलो गाँजा बोकेको गाडीसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
४०४ पटक

सुनसरी, २२ असार । सुनसरी वराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

मङ्गलवार बिहान राती १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भ्यानबाट लागू औषध गाँजा १५० के.जी. र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल सहित फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्