News Portal

  • गौरीगञ्जका कर्मचारीकाे पारिश्रमिक दिने सहमति भएपछि आन्दाेलनकाे कार्यक्रम फिर्ता

    रातोपोस्ट संवाददाता
    १६३ पटक

    झापा, २२ असार । संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले पुुुरा गर्ने भएकाे छ । बाल विकास शिक्षक तथा कर्मचारीहरूलगायत पेशागत संघ संगठनहरूका प्रतिनिधिहरूले गाउँपालिकाकाे मुलगेटमै आज विहान ९ बजेदेखि धर्ना र काम राेक कार्यक्रम गरेपछि गाउँपालिकाले उनीहरूकाे माग पूरा गर्ने भएकाे हाे । माग पुरा गर्न दुवै पक्षबीच भएकाे बार्तापछि सहमति पत्रमा हस्ताक्षर भएकाे छ ।

    संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने घाेषणा भए अनुसार गाैरीगंज गाउँपालिकाले ७ हजार रूपैयाँ थप गरि मासिक पारिश्रमिक १५ हजार रूपैयाँ दिने सहमति भएकाे हाे । गाैरीगंज गाउँपालिकामा विहानदेखि नै उनीहरू धर्नामा बसेका थिए । उनीहरूकाे धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले साथ दिएका थिए ।

    साेमबार एक विज्ञप्ति प्रकाशित गरि माग पूरा नगरे आन्दाेनमा उत्रिने चेतावनी दिएका थिए । गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन गराेस भनेर असार १० गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानिय सरकारले बजेट विनियाेजन गर्न माग गरेका हुन् । नेपाल शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गाैरीगंज, युएनटिओ संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यवद्वता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्