News Portal

मेचीनगरमा भोलिदेखि ज्येष्ठ नागरिकलाई दोस्रो चरणको कोरोना खोप अभियान सुरु

रातोपोस्ट संवाददाता
३३६ पटक

झापा, २२ असार । कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको भेरोसेल खोपकोे दोस्रो डोज मेचीनगरमा समेत बुधबार र बिहीबार (भोलि र पर्सि) लगाईंदै छ । गत जेठ २६ र २७ गते मेचीनगरका -६ वटा स्वास्थ्य केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाएका ६२ देखि ६४ बर्ष उमेर समूहका ब्यक्ति तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यर्मीहरुका लागि बुधबार र बिहीबार सोही खोपको दोस्रो डोज लगाएन लागिएको हो ।

मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनायण यादवका अनुसार मेचीनगरका ९७५ पुरुष र ७१४ महिला गरी कुल १ हजार ६ सय ८९ जनालाई भेरोसेलको दोस्रो डोज दिइंदै छ । यादवका अनुसार मेचीनगरमा साबिककै स्वास्थ्य केन्द्रहरुबाट खोप लगाइने छ । वडागत खोप केन्द्रहरुमा वडा नम्बर १, २, ३ र ४ का लागि वडा नम्बर- ४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकी, वडा नम्बर- ५ देखि ८ सम्मका लागि वडा नम्बर- ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकी, वडा नम्बर ९ र १० का लागि वडा नम्बर १० स्थित धु्लावारी स्वास्थ्य चौकी भवनबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी वडा नम्बर- ११ र १२ का लागि वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकी, वडा नम्बर- १३ र १४ का लागि वडा नम्बर १४ स्थित दुवागढी स्वास्थ्य चौकी र वडा नम्बर- १५ का लागि वडा नम्बर- १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीमार्फत खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार खोप लगाउनका लागि विहान १० बजेदेखि अपराह्न्न ४ बजेसम्मका लागि समय तोकिएको छ । खोपको पहिलो डोज लगाएको खोप कार्डकै आधारमा खोप लगाइने छ । मेचीनगरसँगै झापाका अधिकांश स्थानीय तहमा बुधबारबाट भेरोसेलको दोस्रो डोज लगाईंदै छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीमा झापामा १३ हजार ज्येष्ठ नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइएको छ ।

प्रतिकृया दिनुहोस्