News Portal

नेपालकाे पुर्वी नाकामा स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर

रातोपोस्ट संवाददाता
३९३ पटक

झापा, २२ असार  । नेपालकाे पुर्वी नाका काँकरभिट्टामा पहिलो पटक छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण हुने भएको छ । छिट्टै सञ्चालनको तयारीमा रहेको करीव २५ देखि ३० जना क्षमताको होल्डिङ्ग सेन्टर  नेपाल रेडक्रस सोसाइटि झापा शाखाले निर्माण गरेको हो । कोभिड १९ का कारण भारतलगायत अन्य मुलकुबाट नेपाल फर्कने मानिसहरुलाई लक्षित गरी करीव साढे तीनलाख रुपैयाँको लागतमा निर्माण भएको नेपाल रेडक्रस सोसाइटि झापा शखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।

उनका अनुसार होल्डिङ्ग सेन्टर परिसरमै सुविधा सम्पन्न महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, छुट्टै स्तनपान कक्ष र मानिसहरुलाई केहीबेर आराम गर्न बस्नकै लागि ब्रेञ्चहरु राखिएका छन् । १९ को दोस्रो लहरका क्रममा जिल्लामै छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण गरेको उनको भनाई छ । काँकरभिट्टा निर्माण गरिएको व्यवस्थित होल्डिङ्ग सेन्टरमा २४ घण्टासम्म सेवा प्रदान गरिने छ ।

भारतलगायत अनय मुलुकबाट काँकरभिट्टा नाका भएर नेपाल फर्कने हरेक मानिसका लगेजको डिसइन्फेक्सन टनेलबाट शुद्धीकरण  गरिने शाखा सभापति ढकालले बताए। होल्डिङ्ग सेन्टर परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ । दुई सिफ्टमा गरेर २० जना रेडक्रसकर्मीसहित स्वयम्सेवक परिचालन गरिने उनको भनाई छ । उनीहरुले विहान नाका खुलेदेखि राति नेपाल-भारतको सीमा बन्द नभईञ्जेल नेपालतर्फ आउने जो कसैलाई पनि सेवा प्रदान गर्ने छन् । मास्क, ग्लोब्स, एप्रोनलगाएर नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर त्यहाँ आइपुगेका हरेकलाई सेवा दिनेछन् । त्यहाँ कार्यरत रेडक्रसकर्मी र स्वयम्सेवकले मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्राप्त गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस्