News Portal

झापामा मंगलबार ११७ जना संक्रमित, ८५ जना निकाे भए

रातोपोस्ट संवाददाता
३३३ पटक

झापा, २२ असार । झापामा मंगलबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३१ महिलासहित ११७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज ३ जनाकाे मृत्यु  भएकाे छ । जसमा मेचीनगर–१३ की ६६ वर्षीय पुरुष, दमक–९ का ८६ वर्षीय पुरुष र बुद्वशान्ति–५ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या १४४५१, डिस्चार्ज १२६१६, आइसोलेसनमा १४९९ जना, कुल संक्रमित एन्टिजेन २४९९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३६४ जना र आज निको भएर घर फर्किएका ८५ जना रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्