News Portal

हरिणको छालासहित झापामा दुई पक्राउ

रातोपोस्ट संवाददाता
५४४ पटक

झापा, २२ असार । प्रहरीले हरिणको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । दक्षिण झापाको कचनकवल गाउँपालिका ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्रबाट हरिणको सिकार गरी छाला काडेर अवैध काम गरेको आरोपमा स्थानीय ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय समन टुडुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा उनीहरुसहित अन्य ८ जना स्थानीयको संलग्नता रहेको छ । फरार रहेका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

अभियुक्तलाई छालासहित नियन्त्रणमा लिई डिभिजन वन कार्यालय झापामा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्