News Portal

सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि

रातोपोस्ट संवाददाता
२९८ पटक

काठमाडौं ,२२ असार । मंगलबार रातिबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ , अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

प्रतिकृया दिनुहोस्