News Portal

झापामा ७ लाख नगदसहित ११ जुवाडे पक्राउ

रातोपोस्ट संवाददाता
४११ पटक

झापा, २२ असार । झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्