News Portal

तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

रातोपोस्ट संवाददाता
४४१ पटक

काठमाडौं, २३ असार । इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले हराएको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टीमा स्पेनका लागि ग्राड मोरेनो, थाइगो अल्कन्टेरा गोल गर्न सफल भए डानी ओल्मो, आल्भारो मोराटा गोल गर्न असफल भए । यता इटालीका लागि आन्द्रे बेलोटी, लेनोद्रो बुन्की, फेडेरिको बोनान्देस्की र जर्जिन्होले गोल गर्न सफल भए भने मानुयल लकोकाटेली पेनाल्टीमा चुके ।

यसअघि खेलमा इटालीले सुरुवाती अग्रता बनाएको थियो । इटालीका लागि फेडेरिको चेसाले खेलको ६० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता स्पेनले खेलको ८० औँ मिनेटमा बराबरी गोल फर्कायो । स्पेनका लागि आल्भारो मोराटाले बराबरी गोल फर्काए । अतिरिक्त खेल १–१ गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अब इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । दुई टोलीबीचको खेल बुधबार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्