News Portal

  • मनसुन फेरि सक्रिय, आज पाँच प्रदेशमा ‘भारी वर्षा’को सम्भावना

    रातोपोस्ट संवाददाता
    ८५ पटक

    काठमाडौँ, २३ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज विहान मौसमबारे जानकारी दिँदै हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको हो । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्