News Portal

कोभिडले गरिबीको संख्या दोब्बर हुँदै

रातोपोस्ट
४४६ पटक

काठमाडौं, २३ असार । कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा गरिबीको रेखामुनि रहने जनसंख्या दोब्बर हुने देखिएको हो ।

रोजगारीको ठुलो हिस्सा ओगटेका क्षेत्र कोरोना महामारीबाट अति प्रभावित भएकाले उक्त क्षेत्रका रोजगारी गुम्दा गरिबीको रेखामुनि रहेको जनसंख्या बढ्ने भएको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाले अधिकांश श्रोत्रहरु ठप्प छन् । केन्द्रिय तथ्यांक विभागका अनुसार, नेपालमा सबैभन्दा बढी होलसेल तथा रिटेल व्यवसायमा आवद्ध रहेका छन् ।

तर, सामान्य खुद्रा पसलबाहेक अन्य व्यवसायलाई निषेधाज्ञाले नराम्रोसँग प्रभावित बनाएका कारण यसले उनीहरुको नराम्रोसँग प्रभावित बनाएका कारण बन्द रहँदा त्यसमा आवद्ध व्यक्तिहरुको आम्दानी गुमेको अर्थविद् केशव आचार्य बताउँछन् । कुल रोजगारीको ३०.६ प्रतिशत अर्थात ९ लाख ८८ हजार व्यक्ति आवद्ध रहेको होलसेल तथा रिटेल व्यवािय क्षेत्रमा कोरोनाको प्रभाव पर्दा अधिकांशको रोजगारी गुमेको उनको तर्क छ । कारोबार

प्रतिकृया दिनुहोस्