News Portal

धारिलो हतियार प्रयोग गरि हत्या , अभियुक्त पक्राउ

रातोपोस्ट संवाददाता
४६७ पटक

सर्लाही, २३ असार । धारिलो हतियार चक्कु प्रयोग गरि हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसिबीको कारण बादविवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्