News Portal

  • मेचीनगरमा खेलाडीहरुलाई सम्मान

    रातोपोस्ट संवाददाता
    १४० पटक

     झापा, २५ असार । झापाकाे मेचीनगर नगरपालिकाले शुक्रबार  खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाकाे आठौं नगरसभाको समापनका अवसरमा नगरले  खेलकुदको माध्यमबाट मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीलाई सम्मान गरेको हाे ।

    मेचीनगर स्थायी बसोवास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल व्याडमिन्टन राष्ट्रिय खेलाडी अमिता गिरी, क्रिकेटतर्फ रुविना क्षेत्री, रोमा थापा, काजल श्रेष्ठ र अप्सरी वेगमलाई नगदसहित सम्मान गरिएकाे छ ।

    त्सैगरि, करातेतर्फका अस्मिता मल्लिक, क्रमश थापा, सन्ध्या ठटाल, विक्रम मल्लिक, निश्चल शिवाकोटी र अभिशेक दवाडी फुटबलतर्फ पुजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाल सम्मानित भएका छन ।

    नगरपालिकाले क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठ र भलिवलका प्रशिक्षक गणेशविक्रम नेम्वाङलाई पनि सम्मान गरेको थियो ।

    मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलकातर्फबाट नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेतीले बोलेका थिए । नगर उपप्रमुख उप्रेतीले स्वागत गरेको नगर सभा समापन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्